सामग्रीमा जानुहोस्

वाइन रोनी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
वाइने रोनी
व्यक्तिगत जानकारी
पुरा नाम वाइने मार्क रोनी
उचाइ १.७६ मी []
खेल्ने स्थान(हरू) अग्रपंक्ति
क्लब जानकारी
वर्तमान टोली
डि.सि युनाईटेड
सङ्ख्या
युवा करियर
१९९६–२००२ एभर्टन
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२००२–२००४ एभर्टन ६७ (१५)
२००४–२०१७ म्यानचेस्टर युनाइटेड ३९३ (१८३)
२०१७–२०१८ एभर्टन ३१ (१०)
२०१८- डि.सि युनाइटेड ४४ (२३)
अन्तर्राष्ट्रिय करियर
२००२ England U19 (०)
२००३–२०१९ इङ्ल्यान्ड १२० (५३)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: २५ फेब्रुअरी २०१४
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: 26 March 2011 []

वायने रोनी (जन्म २४ अक्टोबर १९८५) डि.सि युनाइटेडबाट अग्रपंक्तिमा खेल्ने फुटबल खेलाडी हुन । ९ वर्षको उमेरमा नै रोनीले एभर्टनको युवा क्लबमा भर्ना लिएका थिए । त्यहिँबाट उनले सन् २००२ मा १६ वर्षको उमेरमा आफ्नो व्यबसायिक फुटबल करियरको सुरुवात गरेका थिए । म्यानचेस्टर युनाइटेड आउनु भन्दा पुर्व रोनीले २ पटक मर्सीसाइड क्लबबाट खेलेका थिए । सन् २००४ को समर ट्रान्सफरमा उनलाई म्यानचेस्टर युनाइटेडले £२५.६ लाखमा किन्यो । त्यहिँ वर्ष उनले क्लब भित्र वाजा उपनाम प्राप्त गरे र हालसम्म उनी युनाइटेडबाटनै खेल्दै आएका छन् । उनी खेल्दा युनाइटेडले हाल सम्म ५ पटक प्रिमियर लिगको उपाधि जितिसकेको छ भने १ पटक युइएफए च्याम्पियन्स लिग जितिसकेको छ ।

प्रारम्भिक जीवन

[सम्पादन गर्नुहोस्]

वायने रोनी को जन्म क्रक्सटेथ,लिभरपुलमा भएको हो । रोनी जन्मजात आइरिस भएता पनि पछि रोमन क्याथोलिक भएका छन् । उनी बाल्यकालमा एभर्टनका लागि खेल्दै ठुलो भएका छन् भने हाल उनी युनाइटेडका स्टार खेलाडी हुन् । उनी इङ्ग्ल्याण्ड राष्ट्रिय फुटबल टिमका कप्तान रहेका छन।उनले आफ्नो देशका लागि सबैभन्दा धेरै गोल गरेका छन् ।

राष्ट्रिय टिमबाट सन्यास

[सम्पादन गर्नुहोस्]

ईङल्याण्डको लागि खेल्नु जहिले पनि विशेष भएको बताउदै रोनीले आफू ईङल्याण्डको खेलाडी र कप्तानको रूपमा छनौट हुदा गर्भ लागेको बताएका छन् ।

रोनीले ईङल्याण्डबाट १२० खेल खेल्दै ५३ गोल गरेका छन् । रोनी ईङल्याण्डका लागि पिटर शिल्टनपछि सबै भन्दा धेरै खेल खेल्ने खेलाडी हुन् ।  पिटर १२५ खेल खेलेका छन् भने रोनीले १२० खेल खेलेर सन्यास लिएका छन् । 

सन्दर्भ सूची

[सम्पादन गर्नुहोस्]
  1. Player Profile - Wayne Rooney वेब्याक मेसिन अभिलेखिकरण २०११-११-०७ मिति FA Premier League; accessed 13 March 2011
  2. "Wayne Rooney Profile", Football Association, अन्तिम पहुँच ११ सेप्टेम्बर २०१०