माइकल फेल्प्स
व्यक्तिगत जानकारी | |
---|---|
पुरा नाम | माइकल फ्रेड फ्लेप्स II[१] |
Nickname(s) | एमपी; द बाल्टिमोर बुलेट;[२] उड्ने माछा[३] |
राष्ट्रियता | संयुक्त राज्य अमेरिका |
जन्म | सन् १९८५ जुन ३० टवसन,मेरिल्याण्ड |
उचाइ | ६ फिट ४ इन्च (१९३ सेमी) |
तौल | १९४ पाउन्ड (८८ किग्रा)[४] |
खेल | |
खेल | पौडी |
स्ट्रोक(हरू) | ब्याकस्ट्रोक, बटरफ्लाई, फ्रीस्टाइल, व्यक्तिगत मिड्ले |
क्लब | उत्तर बाल्टिमोर एक्वाटिक क्लब |
प्रशिक्षक | बब वावम्यान |
पदक कीर्तिमान |
माइकल फ्रेड फेल्प्स[५] (जन्म १९८५ जुन ३०)[६] संयुक्त राज्य अमेरिकाको एक पूर्व प्रतिस्पर्धात्मक पौडी खेलाडी र जम्मा २८ ओलम्पिक पदक जितेर ग्रीष्मकालीन ओलम्पिक इतिहासकै सबैभन्दा सफल र सुसज्जित ओलम्पिक खेलाडी हुन्।[७] फेल्प्सले आफ्नो करियर अवधिमा जम्मा २३ ओलम्पिक स्वर्ण पदक[८] जसमध्ये व्यक्तिगत प्रतिस्पर्धामा १३ ओलम्पिक स्वर्ण पदक र व्यक्तिगत प्रतिस्पर्धामा १६ ओलम्पिक पदक जितेर कीर्तिमान बनाएका हुन्।[९] सन् २००८को बेइजिङ ओलम्पिक खेलमा उनले पौडी विधामा आठ स्वर्ण पदक जितेर आफनै देशको पौडी खेलाडी मार्क स्पित्जद्वारा १९७२ ग्रीष्मकालीन ओलम्पिकमा बनाएको ७ स्वर्ण पदकको कीर्तिमानलाई तोडेका थिए। एउटै ओलम्पिक खेलमा सबैभन्दा बढी पदक जित्ने कीर्तिमान फेल्प्सकै नाउँमा रहेको छ। एथेन्समा सम्पन्न भएको सन् २००४ को ओलम्पिक खेलमा फेल्प्सले ६ स्वर्ण पदक र २ कास्य पदक जितेर कुनै पनि पनि रङ्गको आठ पदक जित्ने कीर्तिमान बनाएका थिए।
प्रारम्भिक जीवनी
सन्दर्भ सामग्री
- ↑ "Michael Phelps", TVGuide.com, अन्तिम पहुँच जुलाई २८, २०१२।
- ↑ Harris, Nick (अगस्ट ११, २००८), "'Baltimore Bullet' has history in his sights", The Independent (London), मूलबाट अगस्ट २५, २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट २५, २०१०।
- ↑ "'Flying Fish' Phelps largely unknown in China", MSNBC, अगस्ट १७, २००८, अन्तिम पहुँच अप्रिल २१, २०१२।
- ↑ "Overview Michael Phelps", London2012.com, अन्तिम पहुँच अगस्ट १, २०१२। वेब्याक मेसिन अभिलेखिकरण जनवरी २३, २०१३ मिति
- ↑ "Michael Phelps", TV Guide, अन्तिम पहुँच जुलाई २८, २०१२।
- ↑ "Michael Phelps Biography: Swimming, Athlete (1985–)", Biography.com (FYI / A&E Networks), अन्तिम पहुँच नोभेम्बर १८, २०१५।
- ↑ Walters, Tanner (अगस्ट १३, २०१६), "Michael Phelps: 30 medals in Tokyo? 'I don't think so'", Yahoo, अन्तिम पहुँच अगस्ट १४, २०१६।
- ↑ "Rio 2016 | Simone Biles dazzles while Phelps wins his 22nd gold on day 6", अगस्ट १२, २०१६, अन्तिम पहुँच अगस्ट १२, २०१६।
- ↑ Gibbs, Robert (अगस्ट ११, २०१६), "Phelps breaks ties for most overall & gold individual medals", Swimswam, अन्तिम पहुँच अगस्ट १२, २०१६।